चीनद्वारा छयत्तर अर्ब बढीको सहयोगको घोषणा
काठमाडौँ, १० असार । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ ।
राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।
चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।
त्यसैगरी, उहाँले पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि रु ७५ अर्ब २० करोड प्रदान गरिने बताउनुभयो । उक्त रकम आगामी सन् २०१८ सम्मका लागि भएको पनि चिनियाँ विदेशमन्त्रीले स्पष्ट गर्नुभयो । रासस
तपाइँको प्रतिक्रिया ।