गजल : सम्फा घर्ती
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
चोट भएनि सानो मलम सबैलाई चाहिन्छ !
मलम किन्न पनि रकम सबैलाई चाहिन्छ !
लगातार धेरै गर्छौं मेहनत जागर पनि अति,
तर पनि पावरको ठुलो कदम सबैलाई चाहिन्छ !
क्रान्ति गर्ने समाजवादी ज्यु यस्तो मान्छे जो,
मनै देखि व्यबहार नरम सबैलाई चाहिन्छ !
नकारात्मक पक्षमा बिद्रोह गरि हिड्ने गरौं ल,
शान्त समाज ल्याउ रमझम सबैलाई चाहिन्छ !
अपाङ्गदेखि वृद्धसम्म लेखाजोखा नगरेनी,
धर्तीको बोझ भएनि अहम सबैलाई चाहिन्छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।