गालाको कोठी : रमेशचन्द्र घिमिरे ( कविता )

गालाको कोठी : रमेशचन्द्र घिमिरे  ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

रुँदै–रुँदै भनेकी सानी बैनी ज्योतिले
मेरो रूपै बिगार्यो  गालाको यो कोठीले
आँसु चुहाई दिनदिनै रुँदा–रुँदा गएन
साबुन र पानीले मुख धुँदा गएन

दलूँ कि त ओखती फुटालेर फालूँ कि !
कि त जे जे भै जाओस् सधैँभरि पालूँ कि !
दबाई अनि बुटीले केहीले छुँदा गएन
जान्छ होला भनेको मुख धुँदा गएन

भन्नुभयो आमाले केको पिर–सुर्ता हो ?
तिमी राम्री भएकी यै कोठीले गर्दा हो
कुरा त्यस्तो रैछ र पो यस्तो हुँदा गएन
कोट्याउँदा गएन मुख धुँदा गएन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।