काठमाडौं महानगर -८ मा मतदाता संग डा.राजन भट्टराई र तेज प्रसाद ढकाल
कपन अनलाइन
काठमाडौं ,कात्तिक २२ । निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन ।मंसिर ४ गते हुन लागेको प्रतीनीधी सभा र प्रदेश सभामा विशेष गरी राजधानी काठमाडौंका उम्मेद्वार चुनावी नतिजा आफ्नो पक्षमा पार्न उम्मेद्वारहरू मतदाता रिझाउन र स्थानीय जनताहरू संगको भेट घाटमा व्यस्त रहेको देखीन्छ ।
नेकप एमाले काठमाँडौ निर्बाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र क्षेत्र नं ४ (१) का उम्मेद्वार तेज प्रसाद ढकालले पनि घर दैलो अभियानलाइ तिब्रता दिदै आएका छन । उनीहरुले आफ्नो क्षेत्रमा चुनावी माहोललाइ आफ्नो पक्षमा पार्नका लागी प्रचार प्रसार र मतदाता भेटघाट लाइ तीब्र गतीमा अगाडी बढाई रहेका छन ।
उम्मेद्वार सहित नेता कार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर आज काठमाडौं महानगरपालिका वडा नं ८का बिभिन्न स्थानको घरदैलोमा निस्किएको नेकपा एमालेले क्षेत्र नं ४ का उम्मेदवारहरुले मतदाता सामु पुगी नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए भने उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र मतदातालाई बुझाउने प्रयास गरेका थिए ।
एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध गरेका थिए ।
सभ्य र अनुसाशित रुपमा घरदैलो चलिरहेको निर्वाचन परिचालन कमिटिका सचिव टिका पराजुलीले कपन अनलाइनलाइ जानकारी गराए । एमाले जनताको पार्टी भएकोले जित सुनिश्चित भएको बताउने पराजुलीले भने, “घरदैलोमा प्रचारप्रसार मात्र नभइकन जनताको सुखदुःख बुझ्ने काम पनि भइरहेको छ” ।