बुढानिलकण्ठ-१२ का पुन्यलाल श्रेष्ठ काठमाण्डौ ४ (२) मा राप्रपाका प्रदेस सभा सदस्य उम्मेदवार

कपन अनलाइन

काठमाडौं कात्तिक २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ का पुन्यलाल श्रेष्ठ  काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा ) का तर्फबाट प्रदेस सभा सदस्य उम्मेदवार बनेका छन।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जन्मिएका श्रेष्ठ सक्रिय समाजसेवी र अनुभवी राजनीतिकर्मी हुन् । २०४३ सालको निर्वाचनमा साविक चौतारा गाउँ पंचायतको अध्यक्ष पदका उम्मेदवार रहेका थिए।

विगत १६ वर्ष देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्दै आएका श्रेष्ठले २०७२ सालको भूकम्प र कोरोना प्रकोपको समयमा राहत वितरण तथा मानवीय उद्दारमा महत्वपूर्ण योगदान पुर्याएका थिए।

स्थानीय तहको निर्वाचनमा ८ वटा वडाका अध्यक्ष उम्मेदवारहरुले ७५९ मत प्राप्त गरेको राप्रपाका उम्मेदवार बनेका श्रेष्ठले ३० वर्ष देखिको अस्थिरता अन्त्य गर्न राजतन्त्र पुनर्स्थापना र हिन्दु धर्म रक्षाको माग लिएर जनता माझ पुग्दा न्यानो स्वागत पाएको बताएका छन।

घरदैलो अभियानका क्रममा मतदाताहरुबाट सोचेभन्दा राम्रो र सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित बनेको बताउदै श्रेष्ठले सहयोगका लागि आग्रह समेत गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।