उन्मुक्ति :श्याम प्रसाद श्रेष्ठ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५ ।
विश्व कुपोषण उन्मूलन सम्मेलन कार्यक्रममा सहभागी हुन भनेर विश्वका विभिन्न देशहरुको उपस्थिति थियो । नेपालबाट ऊ आफै गएको थियो । त्यो सम्मेलनमा उसले मोटाघाटा खाइलाग्दो ज्यान, हेर्दै डरलाग्दो भारत, अम्रिका, जापान चिनेको नचिनेको थुप्रै उपस्थित भएको देख्यो । केहीबर्ष अगाडि सम्म केही खान नै नपाएर ख्याउटे अस्थिर पन्जिर जस्तो देखिनेहरु आज हेर्दै पहलमान जस्तो भएको देखेर उसलाई ताजुब लागिरहेको थियो ।
उसलाई देखेर सबैले भने, ‘आज हामी विश्वमा कुपोषण उन्मूलन गर्दैछौं, तर तिमीकिन केही खान नपाएर हो या कुनै रोग लागेर हो ? हेर आज यस्तो लुरे देखेका छौ, तिमी त बहादुरको इतिहास हो, के सहयोग गर्नु पर्यो ? भन ।’
उसले रुँदै जवाफ दियो–, ‘मसँग केही कुराको कमी छैन । भएको जम्मै खानेकुरा मैले खानपाउने हो भने तिमीहरु भन्दा म धेरै मोटोघाटो हुन्थे हुँला तर के गर्नु आफ्नो त कर्मै खोटो ? सबै खानेकुरा राष्ट्रिय कीरा फट्याङ्राहरुले नै खान्छन् ।’ एक जनाले जिज्ञासा राख्दै सोध्यो– त्यस्तोलाई त हामी खोरमा राख्दछौ, त्यहाँ खोर पाइदैन ?खोर त पाइन्छ तर त्यहाँ खोरमा तिनीहरुले नै मलाई राखेका छन् । अनि त्यति मात्र कहाँ हो र ?अनित्यो खोर भित्र मेरो रगतखाने ३वटा प्रमुख उडुस, लामखुट्टे, किर्ना हुन् । उनीहरुले बिगत १५, १६ बर्षदेखि पालै पालो मेरो रगत चुसिरहेका छन् । म ती रक्त पिपासुहरुबाट उन्मुक्ति खोजिरहेको छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक