अफ्रीकी जनावर कि सरकारको मन्त्री ? महेन्द्र चालिसे (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५ ।
उ एकसुरमा गाडि चलाई रहेको थियो त्यति नै बेला एउटा मन्त्रीको गाडिले उसलाई उछिनेर अगाडि लाग्यो । ऊ पनि त्यही गाडिको पछि लाग्छ तर उसले रातो बत्ति बलेको देख्दैन किनकी मन्त्रीको गाडि उसको ठीक अघि थियो र उसको गाडिले रातो बत्तिमा रोक्नु पर्ने नरोकि अलिकति अघि बढ्छ जबकि साईडमा अरु सबैका गाडिहरु रोकिएका थिए ।
ए तपाई किनयता? ट्राफिक प्रहरी सिठी बजाउदै कराऊछ । आफ्नो गाडि ट्याक्क रोकेर त्यो मोटरको पछि पछि आएको नी– ऊप निनिर्धक्क संग भन्छ किनकि त्यो मोटर मन्त्रीको थियो र मन्त्रीको गाडिले ट्राफिक नियमनमानी अगाडि बढेको थियो ।
मन्त्रीको दाँजोमालागेर हुन्छ ?उसको जवाफ सुनेर होला ट्राफिक प्रहरी व्यङ्गको स्वरमा भन्छ । किन र मन्त्रीभनेको अफ्रिकाको जङ्गलबाट आएको जङ्गली जनावर हो र ? उ पनि निर्धक्क सवालजवाफ गर्छ ।
अब भने ट्राफिक प्रहरीलाई पनिचित्तबुझेछ क्यार ‘जङ्गली जनावर भन्दापनि हिंस्रक हुन्छन् हजुर’ ट्राफिक प्रहरी नरम स्वरमा भन्छ । देख्नुभएन लाइनमा बस्नोस न भन्दा सुरक्षा गार्डलाई झण्डै हातहालेको धन्न स्वास्नी चाहि अलि भलाद्मी रैछ र लोग्नेको हात समातेर तानिछ । तैपनिथुनामा त पठाई हाल्यो नी । हैन हाम्रा प्रहरीहरु पनिहजुरले भने जस्तै त्यस्तै जङ्गली मन्त्रीहरुको जुत्ताबोक्ने र तिनलाई स्यालुट गर्ने बाहेकको बुिद्ध छैन कि कसो नत्रयसो पक्राउ अघि यसो सोधपुछ त गर्नुपर्छ नी ।
ट्राफिक लाईनमा बसेकाहरू सबै हलल्ल हास्छन तर कोही प्रतिकार गर्दैनन् । अनी ट्राफिक लाईट हरियो बल्छ र सबै आआफ्नो बाटो लाग्छन्।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक