काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एसका ९ जनाको नाम सिफारिस ,को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ९।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ। बुधवार साँझ बसेको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो।

सो बैठकले मंगसिर ४ गते हुने निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा रामकृष्ण सेढाई,दिपक केसी,मनोहरी खड्का,बालकृष्ण श्रेष्ठ,राजाराम भण्डारी,धावा तामाङ,सुदर्शन पौडेल,सुशान्त डंगोल र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ।

त्यस्तै सो बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ भने प्रदेस क्षेत्र १ मा  हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरिएको  छ ।

तपाइँको प्रतिक्रिया ।