निर्वाचन केन्द्रित तयारीमा जुट्यो नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (१)
कपन अनलाइन
काठमाडौँ, भाद्र ९। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (१) निर्वाचन केन्द्रित तयारीमा जुटेको छ।
बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर ३(१ )को कार्यलयमा प्रदेश सभापति श्रीराम चालिसेको नेतृत्वमा भएको छलफलमा क्षेत्रीय सभापति सन्तोष चालिसे, क्षेत्रीय सचिव तथा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा,जिल्ला सदस्यहरु सहित प्रदेशका कार्यसमितिका पदाधिकारीहरु बीच निर्वाचन केन्द्रित छलफल भएको हो।
उक्त छलफलले हरेक हप्ताको आईतबार र बुधबार प्रदेश कार्यलय बिहान ८ बजे देखि ९:३०बजे सम्म खूल्ला गर्ने निर्णय गरेको सो बैठकमा आसन्न निर्वाचनमा बलिया दावेदार रहेका नेताहरुले आफु उम्मेदवार भए पनि /नभए पनि नेपाली कांग्रेसलाइ जसरी पनि जिताउने अभियानमा लाग्नुपर्ने धारणा राखेका थिए।
काठमाण्डौ महानगरपालिका वडा नं ६ तथा गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ९ रहेको यस प्रदेस क्षेत्रबाट २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भएका थिए।
काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।
निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रका तिन वटै वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए। तिन वडामा निर्वाचित वडा अध्यक्षहरुले कुल ६३४१ मत प्राप्त गरेका थिए।त्यस्तै सो निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारहरुले कुल ३७२६ मत प्राप्त गरेका थिए। वडा अध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा नेपाली कांग्रेस २६१५ मत अन्तरले नेकपा एमाले भन्दा अगाडी रहेको छ।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेकपा माओवादी केन्द्रको कुल मत ७७७ रहेको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले कुल ६१९ रहेको छ।