तेरीमा तोरी : विकल त्यागी ( कविता )

तेरीमा तोरी : विकल त्यागी ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

आज
तँ कुटे जस्तो गर
म रोए जस्तो गर्छु
फेरी भोली
म कुटे जस्तो गर्छु
तँ रोए जस्तो गर

आज
तँ गाना गाए जस्तो गर
म गाँढा मुसारे जस्तो गर्छु
फेरी भोली
म गाना गाए जस्तो गर्छु
तँ गाढा मुसारे जस्तो गर

तेरीमा हरामी ….

यसरी भालुको रिस खन्युमाथि खन्याइरहनु पर्छ
यसरी नाकको मलम नाइटोमा लगाइरहनु पर्छ
यसरी छलछाम÷तिकडम गरिरहनु पर्छ
यसरी कागले कान लगोस् या नलगोस्
कागको पछि पछि
जनतालाई दौडाइरहनु पर्छ
र यो देश हाम्रै हातको रंगमञ्च हो
यसमाथि नाटक मञ्चन गरिरहनु पर्छ

तेरीमा हरामी …!!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।