गजल : कविता दाहाल
कपन अनलाइन
काठमाडौं, साउन २७।
गरा, गरा छुट्याउन आली हुनुपर्छ
बाँझो खेतको कामै छैन बाली हुनुपर्छ ।
साँच्चै माया गर्छौ भने यत्ति भन्न सक्छु
मेरो जीतमा सँधै तिम्रो ताली हुनुपर्छ ।
माया चाहने मन पहिला खाली हुनुपर्छ
फूलको चाह गर्ने भए माली हुनुपर्छ ।
मन जीते बल्ल जित्छौ जीवन भरलाई खुशी
घरमा सुवास छर्न त घरवाली हुनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।