मुक्तकहरु : निर्मल रमण पराजुली
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
कन्या केटी हुँ भन्थी, खुबै खोज्थी भाउ
होच्याएर मलाई भन्थि, दुई वटाको बाउ
मैले पनि उसको बारे, यसो बुझ्दै जाँदा
ऊ त रैछे आखिर झनै, चार वटाकी माउ …
पिउँदा पिउँदै ढिलो भयो, घर पुगें राती
श्रीमतीले कठालो समाई, हानी चार लाती
मैले पनि भन्दिहाले, रक्सि पिएको झोंकमा
तँ भन्दा त दोबाटोकि, भट्टीवाली जाती …
तरुनी भने पछी मान्छे, किन हुरुक्क हुन्छन
यसो तरुनिले हेरिदिदा, कती सारो फुरुक्क हुन्छन
तरुनिले छेउमै आई, बोलचाल गरिदिदा त झन
केश फुलेका बुढा पनि, तात्तियर जुरुक्क हुन्छन …
घरकी भन्दा भट्टी वाली, राम्री लाग्न थाली
त्यहि भएर साईनो लगाई, भन्न थालें साली
अलि अलि गर्दा गर्दै, मायाँ गाढा बस्यो
आजकाल उसले काले भन्छे,मैले भन्छु काली ..
केटी देख्दा दात झरेका, बुढा पनि जिब्रो पड्काईदिन्छन
यसो आखा जुध्यो भने, आखा पनि कड्काईदिन्छन
होस गर है बुढा मान्छे, धेरै चुलबुल नगर नि
उस्तै केटी परी भने, चाउरे गाला पनि चड्काईदिन्छन
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक