बुढानीलकण्ठ नगर अस्पताललाई रोटरी क्लब अफ पशुपतिद्वारा ह्वीलचेयर प्रदान

बुढानीलकण्ठ नगर अस्पताललाई रोटरी क्लब अफ पशुपतिद्वारा ह्वीलचेयर प्रदान

कपन अनलाइन

काठमाण्डौ ,साउन ९ ।

रोटरी क्लब अफ पशुपति काठमाडौंले बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित नगर अस्पताल तथा फरक क्षमता भएको व्यक्तिलाई ह्वीलचेयर वितरण गरेको छ ।

रोटरी क्लब अफ पुशपति काठमाडौंका प्रेसिडेन्ट इलेक्ट तथा जोसेफ माविका प्रिन्सिपल सूर्य बहादुर अधिकारीले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई नगर अस्पताल प्रमुख कुशल अधिकारीलाई उक्त ह्वीलचेयर वितरण गरेका हुन् ।

नगर अस्पतालका लागि  ह्वीलचेयर एकदमै उपयोगी रहेको र रोटरी क्लब अफ पशुपति काठमाडौं परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै  वडाध्यक्ष भट्टराईले  सामाजिक कार्यमा रोटरी क्लव अफ पशुपतिलाई  सफलताको  शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा  वडा नं. १० का वडा सदस्य चन्द्रमान श्रेष्ठ,नेकपा एमालेकी नेतृ शिला लामा   र नगर अस्पतालका स्वास्थ्यकर्मी पार्वती सेढाँई लगायतको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।