कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाको दशौँ वार्षिकोत्सवको अवसरमा श्रष्टा सम्मान तथा पुरस्कार वितरण

कपन अनलाइन
काठमाडौं साउन ९ । नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले शनिबार आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरेको छ । घटराज मेमोरियल स्कुल कपनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू शीतल गिरीलाई नालाङ्ग कबा रचना पुरस्कार २०७८, तारा केसीलाई श्यामा खरेल स्मृति पुरस्कार २०७८, इन्द्रकुमार श्रेष्ठलाई गङ्गा लिगल कबा रचना पुरस्कार २०७८, तृष्णा श्रेष्ठलाई हेमगङ्गा कबा रचना पुरस्कार २०७८, उमेश पाण्डेलाई कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७८, दिव्य गिरीलाई कबा समाचार सम्मान २०७५, महेन्द्र चालिसेलाई कबा विशिष्ट सम्मान , विष्णु ओली र पुरुषोत्तम चालिसेलाई कबा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षीतले प्रमाणपत्र ,सभापति उपन्यासकार,शङ्कर भारतीले सास,विशेष अतिथि स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले खादा, पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा पौडेलले टिका र पुरस्कारका संस्थापकहरू माधवलाल श्रेष्ठ , संचिता खरेल, गङ्गा लिगल , गङ्गा पौडेलले नगद प्रदान गरी सम्मानित तथा पुरस्कृत गरिएको थियो । पत्रिकाका प्रवन्धक गङ्गा पौडेलले स्वागत र सह सम्पादक प्रशुराम अधिकारीले धन्यवादज्ञापन गरेको सो कार्यक्रममा प्रमुख अतिथि प्रेक्षीत,सभापति भारती ,विशेष अतिथि दीक्षित ,पुरस्कृत स्रष्टाहरू गिरी, केसी, श्रेष्ठ, पाण्डे सम्मानित प्रतिभाहरू चालिसे र ओलीले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा श्यामा खरेलको कृति ‘डढेलो’ कविता सङ्ग्रह र ‘भक्ति भजन माला’ खण्ड काव्यको विमोचन गरिएको थियो भने दीपक दहाल र करुणा पोखरेललाई दर्शक पुरस्कार प्रदान गरिएको थियो ।

कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकारहरु वेदमणि घिमिरे,अच्युत पौडेल चिन्तन,ओमप्रसाद कोइराला,त्रिलोचन आचार्य, नारायण नेपाल ,दीपक दहाल,रत्नप्रसाद श्रेष्ठ,गङ्गा खड्का , शङ्कर पौडेल ,विशुकुमार केसी,रामकुमार पण्डित क्षेत्री ,सीमा पुरी,शोभा उप्रेती खरेल,प्रभा श्रेष्ठ ,नारायण वाग्ले,पवनकुमार बुढाथोकी ,आलोक चालिसे,रेनु अधिकारी मौनता,कविता दहाल कलाकारहरू केशव सान्दाइ,पुष्कर जङ्गम,विक्रम श्रेष्ठ सागर,करुणा पोखरेल,जमुना पोखरेल , स्थानीय राजनीतिकर्मीहरू राजु विक्रम थापा,गीता रिजाल लगायत साहित्यकार, कलाकार,पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।