नेपाल नगरपालिका संघ बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित

नेपाल नगरपालिका संघ बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित

कपन अनलाइन
काठमाडौँ, साउन ९ । नेपाल नगरपालिका संघ बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित भएका छन । राजधानीमा शनिबार भएको नेपाल नगरपालिका संघ बागमती प्रदेश कार्यसमितिको बैठकले कागेश्वरी–मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको छ । बैठकले संयोजक तथा सदस्यहरुलाई निर्विरोध चयन गरेको हो । कार्यसमिति सदस्यमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीलगायत निर्वाचित भएका छन । नेपाल नगरपालिका संघ बागमती प्रदेश कार्यसमितिले नगरपालिकाको अधिकार, आपसी समन्वय अन्तर नगरपालिका बीचको सम्बन्धलाई प्रभावकारी बनाउने संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।