टोखा नगरपालिकाको नगर सभा सम्पन्न,२ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट पारित
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
टोखा नगरपालिकाको नगर सभा सम्पन्न भएको छ ।टोखा नगरपालिकाको नगरसभा यहि असार १० गते शुरु भएको थियो ।नगर सभाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिले पारित गरेको छ ।
नगरसभामा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिल रुपमा पारित गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका थिए ।
नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आगामी आर्थिक २०७९।०८० को बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवर्धन , कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताएका छन ।
नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० को लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँको बार्षिक बजेट प्रस्तुत गरेका थिए ।
नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले टोखा नगरपालिकाको समग्र विकास र समृद्धि गर्ने गरी बजेट तथा नीति कार्यक्रम पारित गरिएको बताउदै नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको बताएका थिए ।
नगरसभाले नगरसभा सदस्यहरु गोपीकृष्ण पाठक र चन्द्र प्रकाश श्रेष्ठलाई न्यायिक समितिको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो ।
नगरसभामा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत नगरसभा सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।