शंखरापुर नगरपालिकामा नयाँ न्यायिक समितिका पदाधिकारीहरुलाइ स्वागत तथा पुरानालाइ बिदाइ

शंखरापुर नगरपालिकामा नयाँ न्यायिक समितिका पदाधिकारीहरुलाइ स्वागत तथा पुरानालाइ बिदाइ

कपन अनलाइन

काठमाडौं असार २० । शंखरापुर नगरपालिकामा नयाँ न्यायिक समितिका पदाधिकारीहरुको स्वागत तथा पुराना पदाधिकारीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ। शंखरापुर नगरपालिकाकी उप प्रमुख  समिता श्रेष्ठको संयोजकत्वमा वडा नं ६ का वडा सदस्य श्रीराम श्रेष्ठ र वडा नं ४ कि महिला सदस्य गोपिनी तिवारी सदस्य रहने गरी तीन सदस्यीय नयाँ न्यायिक समिति गठन भएको हो ।

पद भार ग्रहण गर्दै न्यायिक समितिका संयोजक तथा उप मेयर समिता श्रेष्ठले नगरवासीलाई छिटो भन्दा छिटो न्याय प्रदान गर्न आफूहरुले कुनै कसर बाँकी नराख्ने बताइन । निवर्तमान  उपप्रमुख तथा  न्यायिक समितिका संयोजक शुक्रलक्ष्मी श्रेष्ठको संयोजकत्वमा ज्ञानु श्रेष्ठ र देवकृष्ण केसी सदस्य रहेको समितिले उच्च कार्यसम्पादन गरेकोमा धन्यवाद दिँदै उपप्रमुख समिता श्रेष्ठले सबै सँग हातेमालो गर्दै अघि बढ्ने बताइन ।

कार्यक्रममा निवर्तमान  उप प्रमुख  तथा न्यायिक समितिका संयोजक शुक्र लक्ष्मी श्रेष्ठले न्याय सम्पादनका क्रममा आफ्नो र पराई नसम्झी प्रमाण र प्रचलित  कानुन अनुसार न्याय सम्पादन गर्न सके नगरबासीले वास्तविक न्याय पाउने बताइन ।  उनले नयाँ कार्य समितिलाई शुभकामना दिँदै न्याय प्रति नगरवासीको भरोसा टुट्न नदिन समेत आग्रह गरेकी थिइन ।

 

तपाइँको प्रतिक्रिया ।