गोकर्णेश्वर नगरपालिकाको हैजा रोगबाट बच्न समयमै सावधानी अपनाउन नगरबासीहरुलाई अनुरोध

गोकर्णेश्वर नगरपालिकाको हैजा रोगबाट बच्न समयमै सावधानी अपनाउन नगरबासीहरुलाई अनुरोध

कपन अनलाइन

काठमाडौं, असार २० ।  गोकर्णेश्वर नगरपालिकाले हैजा रोगबाट बच्न समयमै सावधानी  अपनाउन नगरबासीहरुलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।  प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले सार्वजनिक गरेको सुचनामा काठमाडौं उपत्यकाका बिभिन् ठाउहरुमा झाडापखाला र हैजा रोग फैलिरहेको र गोकर्णेश्वर नगरपालिकाको क्षेत्र समेत झाडापखाला र हैजा रोगको उच्च जोखिमको रुपमा रहेको हुँदा झाडापखाला र हैजा रोग बाट बच्न समयमा नै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

झाडापखाला र हैजा बाट बच्ने उपाय

१) उमालेको वा क्लोरिन प्रयोग गरेको सफा पानी पिउने ।

२) घर बाहिर खाना नखाने र खानैपर्ने भए सफा ठाउको स्वस्थ खाना र पानी खाने ।

३) बासी सडेगलेका र खुल्ला ठाउमा राखिएका चटपटे, पानीपुरी लगायतका  कुनै किसिमका खाना नखाने ।

४) खाना खानु अघि शौचालय प्रयोग पछि बालबालिकाहरुलाई खाना खुवाउनु अघि साबुनपानीले राम्रो संग हात धुने

५) बालबालिकाहरुलाई स्कुल वा घर बाहिर पठाउदा घरमै तयारी गरेको सफा खाना र पानी दिएर पठाउने ।

६) झाडापखाला र हैजा जस्तो लक्षण देखिएमा जीवनजल पानी (ORS) खाने र तत्काल नजिकमा रहेको स्वास्थ्यकर्मी संग सम्पर्क गर्ने ।

तपाइँको प्रतिक्रिया ।