कागेश्वरी मनोहरा नगरपालिकाको हैजा बाट बच्ने उपाय तथा रोकथाम सम्बन्धि अत्यन्त जरुरी सूचना

कागेश्वरी मनोहरा नगरपालिकाको  हैजा बाट बच्ने उपाय तथा रोकथाम सम्बन्धि अत्यन्त जरुरी सूचना

कपन अनलाइन

काठमाडौँ, असार २० । कागेश्वरी मनोहरा नगरपालिकाले हैजा बाट बच्ने उपाय तथा रोकथाम सम्बन्धि अत्यन्त जरुरी सूचना जारी गरेको छ। जनस्वास्थ्य अधिकृत कुमार सिंह डाँगीले जारी गरेको उक्त सुचनामा हैजा जस्ता  पानीजन्य रोगहरु समुदायमा दिखिने हुँदा काठमाडौंका केहि पालिकाहरुमा छिटफुट रुपमा हैजाका जीवाणु देखिएकोले कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गर्न आम नागरिकहरुलाई हैजा रोगबाट बच्न तथा सोको रोकथाम गर्नका लागि निम्न व्यवहारहरु अपनाउन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

१) उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउने ।

२) खानेपानीलाइ सधै सफा भाँडामा ढाकेर राख्ने र सफा भाँडाले मात्र खानेपानी निकाल्ने ।

३) खानेकुरा राम्ररी पकाएर मात्र खाने बासी सडेगलेका खानेकुरा नखाने ।

४) खाना पकाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछी फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि साबुनपानीले हात मिचीमिची धुने ।

५) खानेपानीको मुहान सधै सफा राख्ने।

६) फलफुल तथा खानेकुरा राम्रो संग धोएर मात्र खाने ।

७ )हैजा वा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पुनर्जलीय झोल संगै प्रशस्त  मात्रामा पोषिलो झोलिलो खानेकुरा खाने ।

तपाइँको प्रतिक्रिया ।