सृजनशील महिला संस्थाको ९ औं साधारण सभा तथा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान सम्पन्न

सृजनशील महिला संस्थाको ९ औं साधारण सभा तथा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सृजनशील महिला संस्थाको ९ औं साधारण सभा तथा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार  राष्ट्रिय शहिद पार्क गोकर्ण जगडोलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष जयराम महत वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा सदस्यहरु सचिन तामाङ, बुद्धि बहादुर श्रेष्ठ, चित्रमाया बिक गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य सुमन लामा, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल , समाजसेवी गोकुल बिष्ट, कृष्ण भण्डारी, सुजन पौडेल, भानु पौडेल लगायत सिर्जनशिल महिला समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो। सृजनशील महिला संस्थाको अध्यक्ष शशि तिमिल्सिनाको अध्यक्षता भएको उक्त कार्यक्रम संचालन  नर्वदा बास्कोटा दाहालले गरेकी थिइन ।

कार्यक्रम संयोजक अमृता बस्नेतले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकामा नव निर्वाचित नगर प्रमुख दिपक रिसाल  उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष जयराम महत वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा सदस्यहरु सचिन तामाङ, बुद्धि बहादुर श्रेष्ठ, चित्रमाया बिक गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य सुमन लामालाइ दोसल्ला  ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष जयराम महतले सम्मानको लागि धन्यवाद दिदै संस्थाको उत्तरोतर प्रगतिको कामना गरेका थिए । उनले  जन प्रतिनिधि सबैको साझा भएको हुँदा आवश्यक परेको काममा सदैव सहयोग गर्ने पनि बताएका थिए ।उनले वडालाइ राम्रो बनाउन रचनात्मक सुझाब दिएर सहयोग गर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामाले आयोजक संस्थालाई धन्यवाद दिदै महिलाहरुको सुख दुखमा साथ दिने पनि बताएकी थिइन उनले महिला समुहले महिलाहरुको मात्र काम नगरी विकास निर्माण लगायतको काममा पनि अग्रसर हुनु पर्ने बताएकी थिइन महिलाहरुले गरेको काम पारदर्शी र  गणस्तरीय  हुने बिश्वास ब्यक्त गरिन। नगरपालिकाको न्यायिक समितिको संयोजक समेत भएको हुँदा महिला माथि कुनै हिँसा भए वा आर्थिक अभावको कारण कानुनी उपचार  गर्न  नसकेको खण्डमा निशुल्क रुपमा  कानुनी  लडाई लड्न सहयोग गर्ने पनि बताएकी थिइन ।

कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले आयोजकलाइ धन्यवाद दिदै  संस्थाको प्रगतिको कामना गरेका थिए ।उनले सृजनशील महिला संस्था सामाजिक कार्यमा अग्रसर हुदै आएको जानकारी पाउदा खुसि लागेको बताए। महिलाहरुलाइ आत्मनिर्भर बनाउनको लागि धेरै सिपमुलक तालिम दिदै आएको बताए । महिलाहरु  घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भर बन्नुपर्ने मा जोड दिदै आवश्यकता र माग अनुसार तालिम प्रदान गरि स्वरोजगार बन्न नगरपालिकाले प्रेरित गर्ने पनि उनले बताएका थिए ।

कार्यक्रममा यज्ञडोल जगडोल बनका अध्यक्ष सुदर्शन सिग्देल , सृजनशील महिला संस्थाको सावित्रा बेलबासे लगायतले मन्तब्य राखेकी थिइन् ।सभाध्यक्षको आसन  बाट बोल्दै संस्थाकी अध्यक्ष शशि तिमिल्सिनाले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्दै नगरपालिका संग  सहकार्य गरि थप राम्रा सामाजिक र अन्य कार्य गर्ने बताएकी थिइन ।

तपाइँको प्रतिक्रिया ।