सर्वनाम शिक्षालय गोकर्णेश्वर नगरपालिका-६ मा अखिल क्रान्तिकारीको तालाबन्दी

सर्वनाम शिक्षालय गोकर्णेश्वर नगरपालिका-६ मा अखिल क्रान्तिकारीको तालाबन्दी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

गोकर्णेश्वर नगरपालिका  जोरपाटीमा रहको  सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टेलमा बस्ने बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारीले विद्यालयमा तालाबन्दी गरेको छ।

सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतले होस्टेलमा बस्ने बालिकाहरूमाथि अश्लील हर्कत गरेको भन्दै आज अभिभावकहरूले विद्यालय घेराउ गरे पश्चात दोषीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले विद्यालयमा तालाबन्दी गरेको हो।

अनेरास्ववियू (क्रान्तिकारी ) सदैव  बिद्यार्थी हक अधिकार तथा शैक्षिक क्षेत्रमा हुने गरेका बिकृती बिसङ्गती विरुद्ध अग्रमोर्चामा संघर्ष गर्दै आइरहेको भन्दै यसै सन्दर्भमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं  ६ मा रहेको सर्बनाम शिक्षालयका  नानिहरुलाइ अस्लिल भिडियो देखाउने,कति केजि छौ भनेर बोक्ने आदिजस्ता गतिविधिले बिधालय प्रतिको हाम्रो बिस्वास तोड्नुका साथै हामिलाइ बिधालयमा तालाबन्दी गर्न बाध्य बनाएको जनाएको छ।

बिज्ञप्ति :

No description available.

 

 

तपाइँको प्रतिक्रिया ।