गोकर्णेश्वर – ६ मा नव निर्वाचित वडा अध्यक्ष नवराज लामा सहित सदस्यहरुले पदभार ग्रहण गरे

गोकर्णेश्वर – ६ मा नव निर्वाचित वडा अध्यक्ष  नवराज लामा सहित सदस्यहरुले पदभार ग्रहण गरे

कपन अनलाइन

काठमाडौँ,जेठ १२। गोकर्णेश्वर  नगरपालिका वडा नं ६  मा नव निर्वाचित वडा अध्यक्ष  नवराज लामा  सहित सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन ।  सोमबार नै  नगरपालिकाको सभाहलमा नगर प्रमुख दिपक रिसालले पद तथा  गोपनियता सपथ खुवाए संगै वडा कार्यलय पुगी वडा अध्यक्ष  नवराज लामा  लगायत वडा सदस्यहरु  बच्चुराम शर्मा कुइकेल  प्रेम खड्का, मन्जु पुडासैनी र बसन्ती नगरकोटी  ले   पदभार ग्रहण गरेका हुन  ।

यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ६   को वडा सदस्यमा निर्वाचित भएका नवराज लामा पुन दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार दिपक लामालाइ पराजित  गर्दै बिजयी भएका हुन। नवनिर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुलाई वडा कार्यालयमा   वडा सचिव लगायत कर्मचारी सहित स्थानीयले खादा मालाले स्वागत गरेका थिए। भने उक्त कार्यक्रम  लामा गुरु र ब्राम्हणले वैदिक मन्त्रोच्चारण सहित   सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।पदभार ग्रहण गरे संगै निर्वाचित वडा अध्यक्ष नवराज लामाआम मतदातालाइ  धन्यवाद दिदै जनचाहना अनुसार काम गर्ने बताएका छन । उनले वडाको समग्र बिकासका लागि आफ्नो ध्यान केन्द्रित हुने पनि बताएका छन । पदभार ग्रहण गरे संगै उनले   गोकर्णेश्वर नगरपालिका  वडा नं ६ लाइ भ्रस्टाचार मुक्त र सुशासनयुक्त बनाउन समेत केन्द्रित रहने बताएका छन । उनले निर्माणाधीन वडा कार्यालयलाइ व्यवस्थित बनाई सेवाग्राहीलाइ छिटो छरितो सेवा प्रदान गर्न समेत केन्द्रित हुने बताएका छन ।

उनले एप मार्फत  जनताको समस्या समाधानका लागि पनि  आफ्नो पहल हुने बताउदै सेवाग्राहीलाइ कागजी प्रक्रिया पुर्याई कानुन अनुसार सेवा प्रदान गर्न समेत सहजीकरण गर्ने बताएका छन ।   निर्वाचित जन प्रतिनिधी भएपछी आफुले राजनैतिक दलको टोपी खोलेर आएको बताए । चुनाब लड्दा सम्म  कुनै राजनैतिक दलको भए पनि अब निर्वाचित भए संगै  आफु  सम्पूर्ण  जनताको  साझा प्रतिनिधी भएको हुँदा  समान  रुपमा काम गर्ने समेत बताएका छन ।  उनले गोकर्णेश्वर नगरपालिका वडा नं ६ जित्नेहरुको मात्र नभई सम्पूर्ण वडा बासीको हुने बताउदै पक्षपात नगरी काम गर्ने समेत बताएका छन ।  वडाका अग्रज बुद्दिजीवी , पुर्व जनप्रतिनिधि  सहित वडाको टिमको  सुझाब सल्लाह अनुसार अघि बढ्ने समेत बताएका छन ।

तपाइँको प्रतिक्रिया ।