ओखलढुंगामा कांग्रेस कार्यकर्ताले मतपत्र च्याते , जिल्ला सचिव ढुंगाना प्रहरी नियन्त्रणमा

ओखलढुंगामा कांग्रेस कार्यकर्ताले  मतपत्र च्याते , जिल्ला सचिव ढुंगाना प्रहरी नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडानम्बर ३ को वडाअध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका हुन् ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउनबाँकी छ ।

चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भईसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो । विवादपछि अहिले मतगणना राेकिएकाे छ ।

 

तपाइँको प्रतिक्रिया ।