चम्पादेवी-७ मा स्वतन्त्र उम्मेदवार विष्णुहरि पोखरेलको माहोल ,माओवादी उम्मेदवार खरायो बोकेर हिडे
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २४।
चम्पादेवी गाउँपालिका वडा नं ७ मा स्वतन्त्र उम्मेदवार विष्णुहरि पोखरेलको माहोल निक तातेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं ७ मा स्वतन्त्र उम्मेद्वारी दिएका पोखरेलको समर्थनमा नेकपा एमाले ,नेपाली कांग्रेस र क्रान्तिकारी कम्युनिस्ट पार्टीले दृश्य अदृश्य रुपमा उत्रिए संगै उनको पक्षमा माहोल बनेको हो।
त्यस्तै अहिले पोखरेलको चुनाव चिन्ह खरायोको समर्थन गर्दै नेकपा माओवादी केन्द्रका तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार भिम खत्री नै मैदानमा उत्रिए पछी वडा नं ७ मा रोचक भिडन्त हुने देखिएको छ।
यसैगरी वडा नं ७ मा निकै बलियो संगठन निर्माण गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि स्वतन्त्र उम्मेदवारको पक्षमा अप्रत्यक्ष मत माग्ने क्रम सूर भए संगै नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले बाट उम्मेदवार बनेका सुरेश थापालाई अफ्ट्यारो परेको विश्लेषण हुन् थालेको छ।