वडाको विकास ,सुशासन र पर्यटनलाइ मुख्य एजेण्डा बनाएर घरदैलो अभियानमा किरण बहादुर बिष्ट

वडाको विकास ,सुशासन र पर्यटनलाइ  मुख्य एजेण्डा बनाएर  घरदैलो अभियानमा किरण बहादुर बिष्ट

कपन अनलाइन

काठमाडौँ, बैशाख २३ ।  नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिने  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३  मा यस पटक पनि पुरानै बिरासत कायम गर्ने अभियान मा वडाअध्यक्षका उम्मेदवार किरण बहादुर बिष्ट सहितको टिम लागेको छ । सो वडाका कांग्रेस उम्मदेवारहरुले घरदैलो मार्फत मत मागिरहेका छन ।

 घरदैलो अभियान लाइ तिब्र बनाएको नेपाली कांग्रेस वडा नं ३ ले  मतदाताहरु संग भेट गरेर उनिहरुका समस्या बुझ्ने अभियान थालेका हुन् । बालुवा बाट घर दैलो अभियान शुरु गरेको नेपाली कांग्रेसले बस्नेत गाउ , तारेभिर क्षेत्रमा घरदैलो गरिरहेका छन यस अगाडिको निर्वाचनमा पनि कांग्रेसकै राजेन्द्र कुमार भण्डारी निर्वाचित बनेका थिए ।  कांग्रेस बिजयी  सो  वडामा यस पटक पनि कांग्रेसले नै जित्नुपर्ने दवाव बढेको छ, सोही कारणले वडाका उमेदवारहरु र पार्टी संगठनका जिम्मेवारीमा रहेकाहरुले सक्रियता देखाउन लागेका छन ।

चुनावी अभियानलाई तिब्र बनाउनुका साथै वडाको विकास र सुशासनलाई मुख्य एजेण्डा बनाएर आंफुहरु अगाडि बढिरहेको अध्यक्षका उमेदवार किरण बिष्टको भनाई छ । ‘सधै नेपाली काँग्रेसले जीत हासिल गर्दै आईरहेको वडा हो’ बिष्टले भने ‘विरासत कायम राख्नकालागि हामीले चुनावी अभियानलाई बुलन्द पारेका छौं ।’ ‘हाम्रो प्यानल नै विजयी बन्नेमा हामी ढुक्क छौं’ अध्यक्ष पदका उम्मेदवार बिष्टले भने ‘शिक्षा, स्वास्थ्य, कला संस्कृति, खानेपानी  विकास, सुशासन, लगायतका बिभिन्न समस्या समाधान लगायतको एजेण्डालाई हामीले प्राथमिकतामा दिएका छौं । घरदैलोमा अभियानमा वडा सदस्यका उम्मेदवारहरु  सहित पार्टीको वडा कार्य समितिका सभापति  श्याम बहादुर श्रेष्ठ  सहित दर्जनौ सहभागि थिए ।

तपाइँको प्रतिक्रिया ।