गोकर्णेश्वर- ९ मा अनुभवी राजिवलाइ सांसदको साथ
कपन अनलाइन
काठमाडौँ, बैशाख २२। २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएर सफलता पुर्वक कार्यकाल सम्पन्न गरेर दोस्रो पटक चुनाबी मैदानमा उत्रिएका राजिब थापालाइ वडाबासीले न्यानो स्वागत गरेका छन बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ को बिभिन्न स्थानमा चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित मतदाता संग मत माग्न पुगेका थापाको अभियानमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले दरिलो साथ दिएका छन ।
२०७४ सालमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर वडा नं ९ को अध्यक्ष निर्वाचित भए संगै निरन्तर वडावासीको सेवामा सक्रिय रहेका थापाले वडामा गरेका पूर्वाधार निर्माण ,कोरोना प्रकोपको समयमा खेलेको भूमिका,मानवीय सेवामा सक्रियता जस्ता सकारात्मक पहलका कारण वडामा लोकप्रिय रहेका छन । सालिन र मिजासिला स्वभावका थापाले आफ्नो नेत्रत्वमा गरेको कामको आधारमा जनताले पुन निर्वाचित गराउनेमा बिश्वास ब्यक्त गर्दै निर्वाचित भएमा अधुरा रहेका काम पुरा गरि वडालाइ थप सुन्दर र व्यवस्थित बनाउन आफ्नो सक्रिय भूमिका रहने समेत प्रतिवदत्ता व्यक्त गरेका छन।गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राजिव थापा सहित सदस्यहरु श्रीकृष्ण कारंजित, उमेश चालिसे, लक्ष्मीदेवी गुरुङ, र गमला कुमारी परियार चुनाबी मैदानमा रहेका छन ।