चामुण्डा देबीको  रथ यात्रा सम्पन्न

चामुण्डा देबीको  रथ यात्रा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र २७  । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा रहेको चामुण्डा देबीको  रथ यात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष झैँ यस बर्ष पनि  चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको चामुण्डा देबीको रथयात्रा सम्पन्न भएको  भएको हो । मल्लकालदेखि चल्दै आएको रथ  यात्रा परम्परा , विक्रम सम्वत् २०४० देखि भने व्यवस्थित हुँदै आएर जात्रामै परिणत भएको छ ।

इतिहासमा सामन्य बली र पूजामै सीमित भएको चामुण्डाको खट यात्रा २०४० यता श्री गणेश; चामुन्डा देवीको खट यात्रा गरिदै आएको र पछि  माँहाङ्काल भैरब समेत थप गरी तीन वटै रथ लाई बाजागाजा सहित  माँहाङ्काल भैरब आरुबारी,बेसिगाउ, जोरपाटी चोक,शिद्देश्वर बिन्दबासिनी,  बिन्दवाशीनि,अर्गौतश्वर,शर्बेश्वर,रुद्देश्वर, अर्याल गाउँ,बौद्ध पीपलबोट हुदै पुन जोरपाटी चोक बाट चामुन्डा भगबतीको  मन्दिर प्राङ्गणमा ल्याई बिसर्जन गरि  सम्पन्न भएको हो ।

२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा उल्लेख्य भक्तजनको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख  शान्ती नेपाल , नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,  वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , नगरपालिकाका सल्लाहकार दिपक रिसाल लगायत जनप्रतिनिधिहरु सहित स्थानीयले रथ यात्रामा सहभागिता जनाएका थिए।

तपाइँको प्रतिक्रिया ।