बुढानिलकण्ठ नगरपालिका वडा नं ११ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौँ चैत्र १४ ।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष सहित सबै  सदस्य  जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं  ११ का अध्यक्ष राजु अधिकारीले नगर प्रमुखमा दावी गर्ने संकेत गरे संगै वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने  केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.बिनोद तामाङ 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य बिनोद तामाङ आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको निर्वाचनमा १२१३ मत सहित वडा सदस्यमा निर्वाचित भएका तामाङ्ग राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

२.भगवती निरौला 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य भगवती निरौलाले उपप्रमुखमा दावी गर्ने संकेत गरेपनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा १२८६ मत सहित वडा नं ११ को महिला सदस्यमा निर्वाचित भएकी निरौला न्यायिक समिती सदस्य समेत हुन्।

२.दिलिप थापा मगर 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य दिलिप थापामगर पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका थापा मगर विभिन्न संघ संस्था तथा युवा क्लवहरुमा पनि सक्रिय रहेका छन।

३. कृष्ण भट्टराई 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीका अध्यक्ष कृष्ण भट्टराई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।

नेकपा एमालेका विभिन्न कमिटीहरुमा रहेर योगदान दिएका भट्टराई सहकारी क्षेत्रमा पनि सक्रिय रहेका छन।

४.अंगुर पौडेल 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीका सचिव अंगुर पौडेल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।

वडा नं ११ मा पूर्वाधार विकास र खानेपानी सेवा विस्तारमा सक्रिय रहेका पौडेल विभिन्न संघ संस्थाहरुमा सक्रिय रहेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।