नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ का पाँच जना नेताहरुले पाए महत्वपूर्ण जिम्मेवारी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ९।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ का पाँच जना नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन ।
नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले निर्णय गरेर जारी गरेको सर्कुलरका अनुसार क्षेत्रको राजनीतिमा लामो समय सम्म नेतृत्व गरेका नेताहरुलाई इन्चार्ज र सहजकर्ताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
बागमती प्रदेस कमिटी सदस्य योगेन्द्र संग्रौलालाई काठमाण्डौ क्षेत्र नं ६ को इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने प्रदेस कमिटी सदस्य लेखनाथ फुँयाललाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ।
त्यस्तै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ ( १ ) को इन्चार्जमा मधुसुदन तन्डुकार लाई जिम्मेवारी दिइएको छ भने प्रदेस कमिटी सदस्य प्रकाश अधिकारीले क्षेत्र नं ६ ( २ ) मा इन्चार्जको जिम्मेवारी पाएका छन।
त्यसै गरी बागमती प्रदेस कमिटी सदस्य तथा नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले तारकेश्वर नगर कमिटीमा सहजकर्ताको जिम्मेवारी पाएका छन।