बालउद्दार नमुना मावी बुढानिलकण्ठ-१० मा चिनिया भाषाको पढाई हुने
कपन अनलाइन
काठमाडौं, चैत ९।
बालउद्दार नमुना मावी बुढानिलकण्ठ-१० मा चिनिया भाषाको पढाई हुने भएको छ।
सोमबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा समावेश गराई चिनियाँ भाषा पठनपाठन गराउने सम्झौता भएको हो।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका प्रा.डा. बाल मुकुन्द रेग्मी र विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित विच भएको सो सम्झौता पश्चात कक्षा ९ बाट बढीमा २० जनाको दरले चिनियाँ भाषा पठनपाठन गराउदै कक्षा १२ सम्म पुर्याउने उल्लेख गरिएको छ।
बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेल ,नगर उप-प्रमुख रमादेवी राई, नगर प्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य भुवप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक-अभिभावक संघका पदाधिकारीहरुको उपस्थितिमा भएको सो सम्झौता आदान प्रदान कार्यक्रममा ईस्ट चाईना विश्वविद्यालय अन्तराष्ट्रिय साझेदारी प्रमुख तथा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका डाईरेक्टर प्रा. डा. लिउ युमिङ्ग र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले साक्षी सम्झौतामा हस्ताक्षर गरेका थिए।