बागमती बिष्णुमती : निर्मलरमण पराजुली ( कविता )
प्रकृति स्वच्छ राखौ जुटौ
आजै सङ्कल्प बोकेर मनमा
बागमती बिष्णुमती सफा रहे
पबित्र हुन्छ घर आगन
हे कान्तिपुरी नगरी तिम्रा पवित्र
जल धारहरु हुन् यिनै
तिम्रा सुन्दर कल कल गर्ने
मोति का हारहरु हुन् यिनै
यिनै का जल ले हाम्रो प्राण
सञ्चार गराउँछन्
आरध्यदेव भगवान् यिनै
नदीहरुमा नुहाउँछन्
यस्ता पवित्र तिर्थस्थल
नदीहरु मा मल मुत्र बगिरहेछ
छि छि कस्तो लाज मर्नु भो
हामीहरु लाई धिक्कार छ
देवर्षी महर्षी ज्ञानीहरु ले
तपस्या गरे यहाँ कति कति
लिए अखण्ड भक्ति ज्ञान
यिनै नदीहरुका तीरमा बसी
लागौं अब सरसफाईतिर
कत्ति पनि ढिला नगरी
हाम्रा लागि यिनै नदीहरु हुन्
गंगा यमुना काबेरी
आजीवन हामीले
बागमती विष्णुमतीको गाथा गाउँ
अन्त्यमा ब्रह्मनालमा सुत्दा
यिनैको जल पिउन पाउँ
हाम्रो निष्चल निस्कपट
आस्था श्रद्धा छ मन भरि
स्वर्गभन्दा पनि पबित्र छ
हाम्रो कान्तिपुरी नगरी
यिनै का छेउमा रोपौं फलफूल बिरुवा
खाली ठाउँ नराखी कतै
अनि बाचौं हासौं स्वस्थ भई
स्वच्छ वातावरणमा मजासितै
नदी र नगर प्रदूषित बन्दा
वातावरण र मन स्वच्छ हुन्न
यसै को परिणाम, हामी सबै को,
दीर्घ रोगी बन्दछ जीवन
सत्कर्म ले मानिस महान बन्दछ
बागमती विष्णुमती राखौं मन मा
अनिमात्र सत्य धर्म सँस्कृति
सुसंस्कार भित्रिन्छ हाम्रो घर आँगनमा
यी जलासय जननी बागमती,
विष्णुमती, सरीता, सुधा, लतामती
यिनैका निर्मल आशिर्वादले
स्वस्थ्य संबृद्धि बन्दछन् हाम्रा सन्तति ….!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक