प्रेमको पागलपन : समिर अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
आसक्तिएर यो दिल तिम्रै यादमा झुल्दछ
मदहोस भएर सारा संसारलाईनै भुल्दछ
जति बिर्सिन खोज्यो उतिनै झन् याद आउँदछ
खै के बस्यो आँखामा यस्तो रातैभरि जगाउँदछ
यहाँ छ तन मेरो मन हरघडी तिमीमै त्यहाँ पुग्दछ
झस्किएर तिमी साथ नहुँदा घरिघरि यो मुटु दुख्दछ
आसक्तिएर यो दिल……………
कल्पनामा हरपल म त तिमीसँगै हराउँछु
पागलझैं बेलाबेला फगत एक्लै बर्बराउँछु
सागरमा लहरिने छाल जस्तो मेरो यो चञ्चल मन
आफ्नै बसमा मन नरहने प्रेमको यो कस्तो पागलपन
आसक्तिएर यो दिल……….
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।