गजल : शिबहरि खतिवडा

गजल : शिबहरि खतिवडा

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

कैले काहि सम्झि ल्याउदा अनायसै बोर हुन्छ ।
सबै खाउ बुत्तिदैन केहि राखौ भने थोर हुन्छ ।।

लेनदेन हिसाब मिलाउन पनि असाध्यै गा¥हो ।
आफु सङ्ग भएको दिउ पुग्दैन नदिउ चोर हुन्छ ।।

उपाए सबै खोज्दै आधा उमेर पकाइ सकियो ।
असन्तोषि भएर होला समस्या घनघोर हुन्छ ।।

जति कमायो खर्चै पु¥याउन हम्मे हम्मे भएपछि ।
हजारको खर्च हुन्छ आम्दानि सुका मोर हुन्छ ।।

आखिर भ्रममा बाचेका रहेछौ मृगतृष्णा जस्तो ।
थाहा छैन ? कहाँ पुगेर यो मन विभोर हुन्छ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।