स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो ।

आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ । निर्वाचन व्यवस्थापनका लागि कानुनत: १२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ ‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’

तपाइँको प्रतिक्रिया ।