नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको अध्यक्षमा आधा दर्जन आकांक्षी

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

नेकपा एमालेले यहि पौष २३ गते जिल्ला अधिवेसन गर्दैछ। जिल्ला अधिवेसनको मिति नजिकिदै गर्दा अहिले महत्वपूर्ण सांगठानिक संरचना मानिने जिल्ला कमिटीको नेतृत्वका लागि दावी र दौड चलिरहेको छ।

यसै क्रममा ओखलढुंगा जिल्लामा पनि अहिले नेकपा एमालेको नेतृत्वका लागि आधा दर्जन भन्दा बढी आकांक्षीहरु देखिएका छन। आठ स्थानीय तह रहेको ओखलढुंगा जिल्लामा नेकपा एमालेको नेतृत्वका लागि अहिले पुराना देखि हाल कमिटीमा रहेका नेताहृय सम्मले दावी गर्दा राजनीतिक माहोल निकै तातेको छ।

नेकपा एमाले ओखलढुंगा जिल्लाको नेतृत्वका लागि  अहिले सम्म संविधान सभा सदस्य हर्कबोल राई ,वर्तमान सचिव शंकर कटवाल ,पुर्व सचिव तिर्थ सुवेदी ,उत्तम राई र सिताराम गुरुङले दावी गरेका छन।

जिल्लामा पछिल्लो समय फेरिएको नेकपा एमालेको समीकरण र आसन्न निर्वाचनका कारण पनि यस पटक जिल्ला नेतृत्व चयन धेरैको चासो र सरोकारको विषय बनेको एक जिल्ला सदस्य बताउछन।

माथिका नामहरुमा अहिले ब्यापक छलफल भैरहेको जानकारी दिदै उनले सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी दिएको निर्देसन पालना गर्दा फरक उम्मेदवार बन्न सक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताएका छन।

अधिवेसनको दिन नजिकिदै  जाँदा अझै आकांक्षीहरु बढ्न सक्ने सम्भावना रहेको बताउदै एक गाउँपालिका कमिटीका अध्यक्षले जिल्लाका नेताहरु सर्वसम्मत नेतृत्व चयनको अधिकतम प्रयासमा रहेको जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।