शंखरापुर नगरपालिकाका बिभिन्न क्षेत्रमा मेयर उज्यालो कार्यक्रम अन्तर्गत सडक बत्ति

कपन अनलाइन

काठमाडौँ, पौष १५ । शंखरापुर नगरपालिकाका ग्रामिण तथा शहरी क्षेत्रमा  मेयर उज्यालो कार्यक्रम अन्तर्गत सडक बत्ति जडान गरिएको छ।  अँध्यारोमा समेत आवतजावत गर्न सहज बनाउन र नगरलाई थप सुरक्षित राख्न मेयर उज्यालो कार्यक्रम अन्तर्गत सडक बत्ति जडान गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए  ।प्रत्यक्ष रूपमा जनतासँग जोडिने भएकोले पहिलो चरणमा हरेक वडाका प्रमुख सडक चोक र बस्तीहरुमा यो कार्यक्रम संचालनमा ल्याइएको जानकारी दिदै प्रमुख श्रेष्ठले  सडक बत्ति जडान भए संगै रातमा आपतबिपत पर्दा समेत सहज रुपमा हिडडुल गर्न सकिने र  सडक बत्ती बलेसंगै सो क्षेत्रमा हुन सक्ने सम्भावित चोरिको घटनामा कमि आउने बिश्वास लिएको जानकारी गराए।

पहिलो चरणमा करिब दुई सय सडक बत्ती जडान गर्ने र पुराना बत्तीहरुलाई समेत मर्मत गर्ने योजना रहेको शंखरापुर नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख राममणी ढकालले जानकारी दिए ।यो अभियानको प्रभावकारिता र स्थानीय आवश्यकतालाई ध्यानमा राखी थप कार्यक्रम समेत संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

 

तपाइँको प्रतिक्रिया ।