चन्द्रागिरीको हिउँ संगै कविता वाचन

चन्द्रागिरीको हिउँ संगै कविता वाचन

कपन अनलाइन

काठमाडौं पौष १५ । हास्यकलाकार एवं कवि श्रीकृष्ण सिंखडाले हीमपातबीच कविता वाचन गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा हिउँसंग खेल्न पुगेकाहरुमाझ सिंखडाले टाउको नभएको मानछे शीर्षकको कविता वाचन गरेका हुन् । सिंखडाले चन्द्रागिरीमा वाचन गरेको ब्यङ्गात्मक कविता-

टाउको नभएको मान्छे 

सहर भरी ,गाउँ भरी
हिजो एउटा मान्छे भेटे
तेस्को पनि टाउको छैन
भेट्छु नेता
उस्को पनि टाउको छैन
भेट्छु डाक्टर
उस्को टाउको छैन
भेट्छु मास्टर
उस्को पनि टाउको छैन
लेखक भेट्छु
उस्को पनि टाउको छैन
विश्लेषक भेट्छु
उस्को पनि टाउको छैन
पत्रकार भेट्छु
उस्को पनि टाउको छैन
इन्जिनियर भेट्छु
उस्को पनि टाउको छैन
प्रशासक भेट्छु
उस्को पनि टाउको छैन
न्यायाधीश भेट्छु
उस्को पनि टाउको छैन
वकिल भेट्छु
उस्को पनि टाउको छैन
पुलिस अधिकारी भेट्छु
उस्को पनि टाउको छैन
बुद्ध जन्मेको देश मा
ज्ञान फैलेर बिश्व भर
गोतम बुद्ध को देशमा
टाउको नभएको मान्छे हुनु
बिश्व आश्चर्य
बल्ल थाहा पाए
बिश्व मा एउटा  आश्चर्य को देश
टाउको नभएका
मान्छेहरुको देश
गज्जब छ मेरो देश।

 

तपाइँको प्रतिक्रिया ।