कागेश्वरी मनोहरा नगरपालिका -७ को प्रशासकीय भवन तथा शहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन
कपन अनलाइन
काठमाडौँ, कात्तिक २३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ को प्रशासकीय भवन तथा शहरी स्वास्थ्य केन्द्र भवनको कात्तिक १७ गते नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका छन ।वडा नं. ७ कार्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख थापाले ७ नं.वडाको प्रशासकीय भवन तथा शहरी स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले वडा कार्यालय नयाँ भवनमा सरेसंगैं वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउदै नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले तदारुकताका साथ कार्य गरिरहेको बताएका थिए ।थापाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत शिक्षा, स्वास्थ्य र सेिवा प्रवाहका कामलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको पनि बताएका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले वडा कार्यालयको भवन निर्माण पछी वडाबासीलाई सेवा लिन सहज हुने बिश्वास ब्यक्त गरेकी थिइन् ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष जीवन थापाले वडाको प्रशासकीय भवन सुबिधा सम्पन्न रहेको र वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।सो भवनलाई गुणस्तरिय बनाउनका लागि नगर प्रमुख कृष्णहरी थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा र वडा अध्यक्ष जीवन थापा लगायतले नियमित रुपमा अनुगमन समेत गर्दै आएका थिए ।
कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याएका कागेश्वरी मनोहरा नगरपालिकाका स्ट्रक्चरल एनालाइसिस ईन्जिनियर उमेश जंग थापा, कार्यालय भवन समयमै निर्माण सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएबापत् मालिका निर्माण सेवा प्रालिका जगदिश कोइरालालाई पनि नगर प्रमुख कृष्णहरि थापाले सम्मान गरेका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुखका राजनीतिक सल्लाहकार भरत फुयाँल, नगर प्रवक्ता एबम वडा नं.५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं.६ का वडा अध्यक्ष प्रकाश फुयाँल, वडा नं.७ का वडा सदस्यहरु सहदेव कार्की, शर्मिला कार्की थापा, वडा नं.८ का वडा सदस्य अष्टलाल श्रेष्ठ, नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइराला, जिन्सी शाखा प्रमुख रामेश्वर दाहाल, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।