चम्पादेवीका तिन जनप्रतिनिधि नेपाली कांग्रेस ओखलढुंगाको नेतृत्व दौडमा

चम्पादेवीका तिन जनप्रतिनिधि नेपाली कांग्रेस ओखलढुंगाको नेतृत्व दौडमा

कपन अनलाइन

ओखलढुंगा ,कार्तिक २३।

नेपाली कांग्रेस ओखलढुंगाको अधिवेसन नजिकिदै गर्दा अहिले विभिन्न पदमा उम्मेदवारी घोषणाको लहर चलेको छ। जिल्ला सभापतिको उम्मेदवार रहेका बालकृष्ण दाहाल र  तेजन खनाल ( तेजेन्द्र ) ले अहिले समाजिक संजालमा आक्रामक प्रचार अभियान चलाएका छन।

जिल्ला र प्रदेस क्षेत्रको अधिवेसन नजिकिदै गर्दा निकै तातेको ओखलढुंगा कांग्रेसको माहोलमा  तिन जनप्रतिनिधिले विभिन्न पदमा दावी गरे संगै चम्पादेवी गाउँपालिकाको राजनीति पनि निकै रापिलो बनेको छ।

आगामी जिल्ला अधिवेसनमा चम्पादेवी गाउँ पालिकाका अध्यक्ष तथा जिल्ला सचिव नबराज केसीले जिल्ला उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन भने वडा नं ८ का अध्यक्ष अजय लुइँटेलले जिल्ला सचिवमा उम्मेदवारी दिने घोषणा गरेर प्रचार अभियान शुरु गरेका छन।

त्यस्तै चम्पादेवी गाउँपालिका वडा नं १० का युवा वडा अध्यक्ष उज्जन बुढाथोकीले नेपाली कांग्रेस ओखलढुंगाको सह सचिवमा उम्मेदवारी दिने घोषणा गरे संगै  गाउँपालिकाका तिन जनप्रतिनिधि नेतृत्व दौडको मैदानमा देखिएका हुन्।

उपसभापति पदका उम्मेदवार केसी र सचिव पदका उम्मेदवार लुइँटेल  तेजन खनाल ( तेजेन्द्र ) को प्यानल बाट उम्मेदवार बनेका छन भने बुढाथोकी बाल कृष्ण दाहालको प्यानल बाट उम्मेदवारी दिने घोषणा गरेका छन।

तपाइँको प्रतिक्रिया ।