उद्दव खरेलको उदघोषमा अवरोध र आफ्नै क्षेत्रमा कुसुम कार्कीको कमजोर कसरत
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
बुढानिलकण्ठ नगरपालिकाका सात जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन।निर्वाचन आयोगले तय गरेको भाद्र २२ गते बेलुका ५ बजेको समय सिमा सकिंदा बुढानिलकण्ठ नगरपालिकाका ५ वडाका सात जनप्रतिनिधि नेकपा एसमा खुलेका हुन।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फ बाट निर्वाचित ६० जनप्रतिनिधिहरुलाई एक ढिक्का बनाउने नगर प्रमुख उद्दव खरेलको उद्घोषमा एक वडा अध्यक्ष र ६ जना वडा सदस्यहरुले अवरोध गरेका छन।
यो पनि पढ्नुहोस :
https://kapanonline.com/archives/121673
बुदानिल्कण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुलाई नेकपा एमालेमा राख्न अधिकतम प्रयत्न गरेका प्रमुख खरेल भाद्र २२ गते बेलुका सनाखतको म्याद सकिदा सम्म करिव ९० प्रतिसत जनप्रतिनिधिहरुलाई नेकपा एमालेमा एकतावद्ध गराउन सफल भएका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस निर्वाचन क्षेत्र बाट निर्वाचित बनेका प्रदेस सभा सदस्य कुसुमकुमार कार्की आफ्नै क्षेत्रमा कमजोर देखिएका छन। कार्कीको निर्वाचन क्षेत्रमा ४ जना वडा सदस्यहरुले मात्र नेकपा एकीकृतमा सनाखत गरेका छन।
नेकपा एकीकृतमा सनाखत गर्ने काठमाण्डौ क्षेत्र नं ४ (२ ) का वडा सदस्यहरुमा श्याम वाइबा ( वडा नं १ ) बिमल लामा (वडा नं ११ ) ,पुरुषोत्तम नेपाल (वडा नं १२ ) र लड्डु खड्का ( वडा नं ९ ) रहेका छन।