बुढानिलकण्ठ नगरपालिकाका सात जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा,को को ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
बुढानिलकण्ठ नगरपालिकाका सात जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन। नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित भएका ६० जनप्रतिनिधि मध्ये १ वडा अध्यक्ष र ६ जना सदस्यहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन।
गत भाद्र १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ सहित ५ जनाले सनाखत गरेका थिए। सो दिन सनाखत गर्नेमा वडा नं ३ का सदस्यहरु धनमाया महर्जन र बबिता रम्तेल , वडा नं १ का सदस्य श्याम वाइबा र वडा नं ११ का सदस्य बिमल लामा रहेका थिए।
त्यस्तै निर्वाचन आयोगले भाद्र २२ गते सम्म दिएको अन्तिम म्याद भित्र वडा नं ९ का लड्डु खड्का र वडा नं १२ का सदस्य पुरुषोत्तम नेपालले जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर सनाखत गरेका छन।
तपाइँको प्रतिक्रिया ।