काठमाण्डौ महानगरपालिका वडा नं ९ को तीज विशेष कार्यक्रम सम्पन्न

काठमाण्डौ महानगरपालिका वडा नं ९ को तीज विशेष कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर काठमाण्डौं महानगरपालिका वार्ड नं ९ ले दर खाने र शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न भएको  छ ।

वडा नं ९ का  अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम स्थानीय ओम साई पार्टी प्यालेसमा भएको थियो । वडाभित्रका करिब ३ सय महिलाले दर खाने र तीज सम्बन्धि गीतमा आ–आफ्नो नृत्य कला प्रदर्शन गरेका थिए ।
सामाजिक दूरी कायम गरेर मनाईको सो कार्यक्रममा विभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधि तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । यसरी मन्तव्य राख्नेहरुमा बाल सारथी संस्थाकी अध्यक्ष तथा बागमती सफाई अभियानकी अभियान्ता माला खरेल, सखी प्रतिगिठानकी अध्ष्क्ष मञ्जीला अनिल, नेपाल महिला संघकी के.स. लक्ष्मी थापा थिए ।
महिला वार्ड सदस्य तथा कार्यक्रम संयोजक सिर्जना खरेल भेटवालले महिलाहरुले अधिकार माग्ने नभै लडेर लिनुपर्ने कुरामा जोड दिंदै उनले हामी सक्षम् हुने हो भने पुरुषहरुले गर्ने काम महिलाले पनि गर्न सक्ने दावी प्रस्तुत गरेकि थिईन् ।

तपाइँको प्रतिक्रिया ।