उद्धवको उदघोस र कुसुमको कसरतको परिणाम आज देखिने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले गरेको उदघोष र त्यसलाई असफल बनाउन गरेको कसरतको परिणाम आज देखिने भएको छ।
नेकपा एमालेमा देखिएको विभाजन संगै बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फ बाट निर्वाचित सबै जनप्रतिनिधि एक साथ उभिन आव्हान गरेका प्रमुख खरेलले नगरपालिकाका अधिकतम जनप्रतिनिधिलाई आफ्नो साथमा राख्न सफल भएका छन ।
चार दशक भन्दा लामो नेकपा एमालेको यात्रालाई विश्राम दिदै नेकपा एकीकृत समाजवादीमा सामेल भएका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की पनि अहिले जनप्रतिनिधिहरुलाई नयाँ पार्टीमा सनाखत गराउन निकै कसरत गरिरहेका छन। हालसम्म उनको निर्वाचन क्षेत्र बाट बुढानिलकण्ठका तिन जनप्रतिनिधिले सनाखत गरेका छन।
निर्वाचन आयोगले सनाखतका तोकेको मिति आज भाद्र २२ गते सकिने हुँदा दुवै नेताहरु रोक्ने र बोक्ने (!) काममा निकै सक्रिय भन्दै चलेको चर्चाको परिणाम आज बेलुका ५ बजे आउने छ।
लामो समय देखि निरन्तर राजनीतिक सहयात्रा गरेका खरेल र कार्की विच चलेको दृश्य अदृश्य राजनीतिक प्रतिस्पर्धाको अन्तिम नतिजा बुढानिलकण्ठवासीले व्यग्रताका साथ प्रतिक्षा गरेको एक नेताले बताएका छन।