नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं २ इकाई समितिको सभापतिमा सुदिप पण्डित क्षेत्रीको दावी

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं २ इकाई समितिको सभापतिमा सुदिप पण्डित क्षेत्रीको दावी

कपन अनलाइन

काठमाडौं भाद्र २१ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । अन्य जिल्लामा  महाअधिवेशन चलिरहदा काठमाडौं लगायतका अन्य जिल्लामा भने महाधिवेशनको मिति टुंगो नलागे पनि यति बेला काठमाडौं जिल्लामा  काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशन केन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली  काँग्रेसका  नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को  गोकर्णेश्वर नगरपालिका   वडा नं २  इकाई समितिको सभापतिमा नेपाली कांग्रेस खेलकुद बिभाग केन्द्रीय सदस्य तथा गोकर्णेश्वर नगरपालिका  वडा नं २ इकाई समितिका उप सभापति सुदिप पण्डित क्षेत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन । आइतबार  नयाँपाटी पार्टी प्यालेसमा गोकर्णेश्वर नगरपालिका वडा नं २ नेपाल तरुणदल इकाई समिति द्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनले नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं.३ को  गोकर्णेश्वर नगरपालिका   वडा नं २  इकाई समितिको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन।

 उनले नयाँपाटीमा नै जन्मेर हुर्केर २०६२/६३ साल देखि राजनीतिक क्षेत्रमा लागेको जानकारी दिदै खेलकुद क्षेत्रमा २५ वर्ष योगदान गरेको स्मरण गर्दै सोहि योगदानलाइ मूल्यांकन नेपाली कांग्रेसले हाल खेलकुद विभागमा केन्द्रीय सदस्य बनाएको जानकारी गराएका थिए ।आफुले भूगोलको राजनीति २०६२/६३ बाट गरेको जानकारी दिदै  त्यतिबेला गाबिस हुँदा गाबिस सचिब हुदै अनवरत रुपले काम गरेको जानकारी गराएका थिए।

 उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै आफूले एक व्यक्ति एक पदको सिद्धान्तलाई कडाईका साथ पालना गर्ने बताउदै इकाई सभापतिमा जिताउन आग्रह गरेका थिए।  पार्टी एकताबद्ध भए नेपाली कांग्रेसको हित र जित दुबै हुने बताउँदै सबैको साथ र सल्लाह लिएर सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।काङ्ग्रेसमा निरन्तर  सकृय भएर लागेका उनी पछिल्ला समयमा युवाहरुमाझ लोक प्रीय रहेका छन ।नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै पण्डितले   नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई  सभापतिमा उम्मेदवारी दिन लागेको  जानकारी गराएका  थिए ।

 उनले आफ्नो पृष्ठभूमि खेलकुद र शिक्षा भएको जानकारी दिदै युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य  गर्दै विधि पद्धतिमा रहेर  पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेको बताउदै  क्रियाशील सदस्यहरुलाई अत्यधिक मत दिई आफुलाई निर्वाचित गराउन समेत आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।