अत्तरखेल युवा समाज गोकर्णेश्वरले तारकेश्वर युथ क्लबलाइ ६-० गोलले पराजित गर्यो
कपन अनलाइन
काठमाडौँ, भाद्र २१ ।सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको हिजो भएको खेलमा सुरक्षा लुब्रिकेन्टले प्रायोजन गरेको अत्तरखेल युवा समाज बिजयी भएको छ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा अत्तरखेल युवा समाजले तारकेश्वर युथ क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।
जित संगै अत्तरखेल युवा समाजले ६ अंकका साथ् समूह इको बिजेता हुदै नक आउट चरणमा प्रवेश गरेको छ।निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अत्तरखेल युवा समाजका जर्सी नं ९ का खेलाडी मनिष कुमार जर्गाले खेल सुरु भएको ३ मिनेट मा आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए।त्यसै गरि खेलको ७ औ मिनेटमा अत्तरखेल युवा समाजकाजर्सी नं २३का सागर मोक्तानले थप गोल गर्दै टीमलाइ २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफ सम्म दुइ गोल ले पछि परेको तारकेश्वर युथ क्लबका खेलाडीले खेलमा फर्कनको लागि गोल गर्ने प्रयास गरे पनि त्यो प्रयास गोलमा परिणत हुन सकेन। खेलको ४९ औं मिनेटमा पुन अत्तरखेलका जर्सी नं ७ का सुसान तामाङले थप गोल गर्दै खेललाइ ३-० को अग्रता दिलाए भने लगत्तै अत्तरखेल युवा समाजका जर्सी नं ११ का सरोज गहतराजले खेलको ५७ औं मिनेटमा गोल गर्दै ४-० को अग्रता दिलाएका थिए। उनले पुन खेलको ६३ औँ मिनेटमा थप गोल गर्दै खेललाइ ५-०को अग्रता दिलाएका थिए भने खेलको ९५ औं मिनेटमा अत्तरखेल युवा समाजका जर्सी नं ९ का का खेलाडी मनिष कुमार जर्गाले गोल गर्दै खेललाइ ६-० गोल अन्तरले बिजयी बनाए।
तारकेश्वर युथ क्लबका खेलाडीहरुले गोल गर्न धेरै प्रयास गरे पनि उक्त प्रयास सफल भएन अन्तत अत्तरखेल युवा समाज संग ६-० गोल अन्तरले पराजित भएको छ ।उक्त खेलको म्यान अफ द म्याच अत्तरखेल युवा समाजका जर्सी नं ७ का ससान तामाङ घोषित भए। उनलाई नेपाल मकवानपुर जिल्ला फुटबल संघ का अध्यक्ष टिका लामाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।उक्त खेलमा खेलाडीहरुलाई हौसला बढाउन गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना सुरक्षा लुब्रिकेन्टका कार्यकारी निर्देशक फुर्वा लामा समेत पुगेका थिए।