काठमाडौं महानगरपालिका वडा नं १४ का सदस्य घुस सहित पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
काठमाडौं महानगरपालिका वडा नं १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिइएको हो।
वडा सदस्य महर्जनले मैतीदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै उनले सेवाग्राहीसँग दुई लाख रकम मागेका थिए।उनी माथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।
कंलकी-१४ बाट वडा सदस्य वसन्त महर्जनलाई दुई लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले नियन्त्रण लिएको हो।
तपाइँको प्रतिक्रिया ।