दक्षिणकाली नगरपालिकाका यी खोप केन्द्रमा कोभिड शिल्ड खोपको दोस्रो मात्रा लगाइने

दक्षिणकाली नगरपालिकाका यी खोप केन्द्रमा कोभिड शिल्ड खोपको  दोस्रो मात्रा लगाइने

कपन अनलाइन

काठमाडौं, श्रावण २४ । दक्षिणकाली नगरपालिकाले कोभिड १९ बिरुद्दको कोभिड शिल्ड दोस्रो मात्रा खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । जन स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद जोशीले जारी  गरेको  सुचनामा कोभिड बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका ब्यक्तिहरुलाई  दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप  २०७८ साल श्रावण २५ गते देखि  २०७८ साल श्रावण २६ गते सम्म लगाइने भएकोले     पहिलो खोप लगाएको खोप कार्डको सहित जन स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा  पालना हुने गरि आफुलाई पायक पर्ने खोप केन्द्रमा जानको लागि सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन ।

खोप केन्द्रहरु:

 वडा नं १,२,३,४ को लागि २०७८ साल श्रावण २५  र २६ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र दक्षिणकाली १

वडा नं  ५, ६,७, र ९ को लागि २०७८ साल श्रावण २५ गते  र २६ गते शेषनारायण स्वास्थ्य चौकी दक्षिणकाली ५

वडा नं ८  को लागि २०७८ साल श्रावण २६ गते छैमले स्वास्थ्य चौकी दक्षिणकाली ८  खोप केन्द्र कायम गरिएको जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।