प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा कालु पाँडे समाधिस्थल उद्घाटन
कपन अनलाइन
काठमाडौं श्रावण २३। प्रधानसेनापति पूर्णचन्द्र थापाले काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले चन्द्रागिरी नगरपालिका दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका हुन् । सो अवसरमा काजी कालु पाँडे–काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्वरथी पवनबहादुर पाँडे, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतको सहभागिता रहेकाे थियो ।
सेनाको एकीकरण मार्ग कार्यक्रमअनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।