कागेश्वरी मनोहरा नगरपालिकाका तीन वटा खोप केन्द्र मार्फत कोरोना बिरुद्दको भेरोसेल खोप लगाइने
कपन अनलाइन
काठमाडौँ, श्रावण १४ । कागेश्वरी मनोहरा नगरपालिकामा आज देखि श्रावण १८ गते सम्म पहिलो खोप नलगाएको उमेर समुह ५० वर्षदेखि माथिका नागरिकलाई तीन स्थानबाट पहिलो मात्राको कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट स्वास्थ्य चौकी, मुलपानी नगर अस्पताल वडा नं ६ र गोठाटार स्वास्थ्य चौकी वडा नं ९ बाट बिहान १० बजे देखि ४ बजे सम्म भेरोसेल खोप लगाइने सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।