तारकेश्वर नगरपालिकामा आज देखि कोरोना बिरुद्दको खोप लगाइने, यी हुन् खोप केन्द्र

तारकेश्वर नगरपालिकामा आज देखि  कोरोना बिरुद्दको खोप लगाइने, यी हुन् खोप केन्द्र

कपन अनलाइन

काठमाडौँ,श्रावण १४ । तारकेश्वरमा श्रावण १४ र १५ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई तीन स्थानबाट पहिलो मात्राको कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने  भएको छ । तारकेश्वर नगरपालिकाको धर्मस्थली स्वास्थ्य चौकी, मनमैजु स्वास्थ्य चौकी र काभ्रेस्थली स्वास्थ्य चौकीबाट बिहान १० बजे  देखि ४ बजे सम्म  भेरोसेल खोप लगाइने  सार्वजनिक सुचना मार्फत  जानकारी गराएको छ ।

५० वर्ष पुगेका नेपाली नागरिकहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई उनिहरुको परिचय पत्र र नागरिकताको आधारमा खोप  लगाइने भएको छ ।त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेशिक क रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।खोप लगाउन जाँदा अनिवार्य रुपमा नागरिकता वा उमेर खुल्ने परिचय पत्र लिएर खोप केन्द्रमा जान नगरपालिकाले अनुरोध  गरेको छ  ।

सुचना :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।